एजेन्सी ।। रुसले युक्रेनको खारकिवमाथि आक्रमणलाई बढाएपछि भोलि बिहानसम्मका लागि कफ्र्यू जारी गरिएको छ । रुसले खारकिव र राजधानी किभमाथि कब्जा गर्ने प्रयास गरिरहँदा हिजो सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको युक्रेन सरकारले बताएको छ । सर्वसाधारणको सुरक्षाका लागि भन्दै गयराति ८ बजेदेखि भोलि बिहान ७ बजेसम्म कफ्र्यू जारी रहने बताइएको छ । हिजो दिनभर भएको आक्रमणको क्रममा किभमा ८ जनाको मृत्युु भएको पनि युक्रेन सरकारले बताएको छ ।





