रौतहट ।। प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले रौतहटमा दोषी भन्दा बढी निर्दोषलाइ फसाउने परिपाटी बढी भएको देखिएको बताएका छन् ।
राष्ट्रिय महिला आयोग काठमाडौँले सोमवार सदमुकाम गौर स्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा आयोजना गरेको बाल विबाह ,प्रजनन स्वास्थ्य र गर्भपतनको विषयमा सचेतनामुलक कार्यक्रममा सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी शाहीले प्रमुख जिल्ला अधिकारीको रुपमा १६ औ जिल्ला रौतहट रहेको बताउदै रौतहट जस्तो परिपाटी कुनै अन्य जिल्लामा नदेखेको बताए ।
कुनै पनि घटनामा संलग्न भएका व्यक्ति भन्दा बाहेक अन्य नाता आफन्तलाइ मुद्दामा फसाउने गरि जाहेरी दरखास्त दिने गरेको देखिएको उल्लेख गरे । दोषी छुटोस तर निर्दोष एउटा पनि नपरोस कानुन को सामान्य सिधान्त रहे पनि रौतहटमा राजनीतिक रुपमा विपरित काम गर्ने गरेको टिप्पणी गरे ।
उहाले भने महिल हिंसा , हत्या , बलात्कार , मारपिट ,चोरी जस्तो अपराधिक क्रियाकलापमा संलग्न भएको व्यक्तिलाइ कानुनी दायरामा ल्याउन सवैले सहयोग गरे मात्र दोषी उम्कन सकिने छैन ।
सवै जना मिलेर रौतहटलाइ सभ्य जिल्ला बनाउने भूमिका निर्वाह गर्न आग्रह गरे । उजुरी दिएर होस्टाइल हुनेको संख्या बढी देखिएकोले कानुनको व्यवस्था अनुसार उजुरी दिनु पर्ने समेत सुझाव दिए । कानुन अनुसार उजुरी गरे सम्वन्धित निकायले कार्यवाही गर्न सकिने उहाको भनाइ रहेको छ ।
आयोगका अध्यक्ष विद्या कुमारी सिन्हाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति का अध्यक्ष रामएकवाल राय यादव , नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा , जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश बहादुर कुवर लगायतका व्यक्तिहरुले आ आफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here