रौतहट ।। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भातृ संगठन लोकतान्त्रिक युवा संघ गठन रौतहटको गठन गरिएको छ । ओमप्रकाश साह मधेशीयाको अध्यक्षतामा ४१ सदस्यीय लोकतान्त्रिक युवा संघ गठन गरिएको छ ।
आज मंगलवार रौतहट सदरमुकाम गौर स्थित गौर नपाको सभा हलमा भएको लोसपा नेपाल आवद्ध युवा भेलाले मधेशीयाको अध्यक्षतामा लोकतान्त्रिक युवा संघ रौतहट जिल्ला कार्य समिति गठन गरिएको छ ।
त्यस्तै लोकतान्त्रिक युवा संघको गौर नगर समिति समेत गठन गरिएको गौर नगरपालिका नगर प्रमुख लोसपा नेता अजय कुमार गुप्ताले जानकरी गराउनु भएको छ । अमित भारती अध्यक्षतामा ५१ सदस्यीय गौर नगरपालकामा नगर समिति गठन समेत गरिएको पार्टीले जनाएको छ ।





