काठमाडाैं ।। रुसले युक्रेनमाथि परमाणु आक्रमणका लागि तयारी अवस्था रहन निर्देशन दिएको विषयले विश्व समुदाय चिन्तित बनेको छ । रुसले परमाणु मिसाइल युक्रेनमाथि तैनात गरिसके पछि कुनैपनि बेला आक्रमण गर्न सक्ने विषयले संयुक्त राष्ट्र सङ्घसहितका मुलुक चिन्तामा परेका छन् । हिजोको संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै एन्टोनियो गुटेर्रसले रुसलाई आफ्नो सेना युक्रेनबाट फिर्ता गर्न अपिल गर्नुभयो । उहाँले रुसको निन्दा गर्दै तत्काल युद्धविरामका साथ युक्रेन क्षेत्र खाली गर्न भन्नुभयो । यस्तै अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसले परमाणु आक्रमण ग¥यो भने त्यसको जवाफ दिने बताउनुभयो । उहाँले परमाणु आक्रमण गर्नुको कुनै औचित्य नभएको हुँदा रुसले आफ्नो मिसाइल हटाउनु पर्ने धारणा राख्नुभयो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि परमाणु मिसाइल आक्रमणको कुनै कारण नभएकाले रुसलाई आफ्नो सेना फिर्ता गर्नुपर्ने धारणा राख्नुभयो । रुसले परमाणु आक्रमण गर्ने र बेलारुसले परमाणुसहितको हतियार रुसलाई सहयोग गर्ने भनेपछि युक्रेन युद्धको विषयले थपि चिन्ता बढाएको छ ।
युक्रेनमाथि परमाणु आक्रमणको डरले विश्व समुदाय चिन्तित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।