काठमाडाैं ।। नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज आफ्नो दिवस विविध कार्यक्रम गरी मनाउँदैछ । महाशिवरात्रीको अवसर पारेर सेनाले आफ्नो दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले बताएको छ । शिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बढाइँ कवाजसहितको विशेष समारोहको पनि आयोजना गरिने छ । सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने नेपाली सेनाले बताएको छ । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।