रौतहट ।। गौर नगरपालिकाको सहयोग तथा मिशन फोर बेटर लाइफ रौतहटको आयोजना इलमी वा दिनी प्रतियोगिता गौरमा सम्पन्न भएको छ ।
मदरसामा अध्यनरत बालबालिका विच प्रतिस्पर्धा गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै नगर प्रमुख अजय कुमार गुप्ताले मुस्लिम समुदायका बालबालिकाको प्रतिभा देखेर खुशी लागेको बताए । गौर नगरपालिकाले नगरपालिका भित्र रहेका दुवै समुदायको बालबालिकाको शिक्षा र स्वास्थ्यको लागि समान रुपमा लगानी गर्दै आएको जनाए । आयोजक सस्थाका अध्यक्ष मोहमद आफताव आलमको सभापतित्वमा भएको सो प्रतियोगितामा कुरान , नेपाली , धार्मिक विषयमा प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा सफल भएका बाल बालिकाहरुलाई पुरुस्कारबाट पुरस्कृत गरिएको आयोजक सस्थाले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।