रौतहट ।। जिल्ला निर्वाचन कार्यालय रौतहटको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ मतदाता नामावली अध्यावधिक दावी विरोध कार्यक्रम २०७८ सम्वन्धि सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति कार्यालयको सभाहल गौरमा आइतवार सम्पन्न भएको छन् ।
निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने मतदाताहरुको नामावलीमा संशोधन , हटाउनु पर्ने भए सो सम्वन्धमा गरिने दावी विरोधको प्रक्रिया सम्वन्धि जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले निर्वाचन भएरहित बातावरण मा सम्पन्न गराउने तयारी भै रहेको बताएका छन् । उहाले सवै राजनीतिक दल , नागरिक समाज ,संचारकर्मीहरुलाई निर्वाचन शान्तिपूर्ण बातावरणमा सम्पन्न गराउने सहयोग गर्न आग्रह गरे ।
जिल्ला समन्वय समितिका प्रमुख रामएकवाल यादवको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले रौतहटमा ४ लाख १० हजार ३ सय ३३ मतदाता संख्या रहेको जानकारी दिदै १८ स्थानीय तहको १५७ वडामा २७६ मतदान स्थल र ५२४ मतदान केन्द्र हुन् सकिने अनुमान रहेको बताए ।
फाल्गुन १९ गते सुचना तथा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ भने फाल्गुन १९ देखि २६ गते सम्म दावी विरोध तथा सुधार गर्ने कार्यक्रम निर्वाचन आयोगको कार्य तालिका रहेको अधिकृत दासले जनाए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरे , नेपाली सेनाका गणपति , राष्ट्रिय अनुसन्धानका प्रमुख , राजनीतिक दलका प्रतिनिधि , पालिकाहरुका प्रमुख प्रशासकीय अधिकृत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here