काठमाडाैं ।। नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन आज स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ चीनमा स्वास्थ्य उपचारपश्चात आज बेलुका चार्टर विमानमार्फत नेपाल आउन लाग्नुभएको हो । सुरुमा बैङ्कक र त्यसपछि चीनमा उपचार गराउनुभएका पुनले पूर्ण स्वास्थ्यलाभ गरी आज स्वदेश फर्किन लाग्नुभएको बताइएको छ । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैङ्कक जानुभएको थियो । बैङ्ककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मङ्सीरमा उहाँलाई चीन लगिएको थियो । हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा रहेको पारिवारिक स्रोतले बताएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here