काठमाडाैं ।। जर्मनीको जलसेनाका प्रमुख काय एचिम स्चोन्बाचले पदबाट राजीनामा दिनुभएको छ । उहाँले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना बनाएको भन्नु अनावश्यक गफ रहेको प्रतिक्रिया दिनुभएको थियो । उहाँले यो प्रतिक्रियाको आलोचना भएपछि पदबाट राजीनामा दिनुभएको बीबीसीले लेखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मान चाहेको र रुसले युक्रेनमाथि आक्रमण गर्नु अनावश्यक गफ मात्रै रहेको कायको भनाइ थियो । अमेरिका र बेलायतसहितका देशले युक्रेनलाई हतियार सहयोग गरेका छन् । तर, जर्मनीले भने युक्रेनको आग्रहलाई अस्वीकार गरेको छ । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ । अमेरिकासहितका देशले यसलाई युक्रेनमाथि रुसी आक्रमणको तयारी भनेका छन् । तर, रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here