रौतहट ।। रौतहट जिल्लाको दुर्गा भगवती गाउपालिका वडा नम्बर ४ मा नहरको पानीले किसानहरुको गहु र तेलहन बालि डुवानमा परेको छ !
नहरमा आएको पानीले गर्दा करिव १५ विघा खेत डुवानमा परेको कारण लगाईएको बालिमा क्षति पुगेको हो !
सिचाइको लागि बनाइएको नहर मर्मत नगर्दा आएको पानीले खेत डुवान भएको स्थानीय नेकपा माओवादी केन्द्रका नेता शम्भु सिंहले बताएका छन् ! सम्वन्धित गाउपालिकाको निस्कृयता र ठेकेदार को लापरवाहीको कारण किसानहरुलाई ठुलो क्षति पुगेको नेता सिंहको आरोप रहेको छ !
नहर मर्मतको लागि नहर को डिल काटिएको र माटो पूर्ण नसकेको कारण आएको पानी खेतमा प्रवेश गरेको बताउदै सिंहले किसान हरुको भएको बालीको नोक्सानीको क्षतिपूर्ति दिनु पर्ने माग गरेको छ !





