रौतहट ।। रौतहट जिल्लाको पहिलो नगरपालीका प्रदेश न.२ मै पहिलो वैद्युतिय प्रबिधिबाट भुक्तानी गर्न नपा बनेको छ ।
नगर प्रमुख अजय गुप्ताले नगरपालिकाको सभाकक्षमा एक औपचारिक कार्यक्रम बीच कम्प्युटरको बटन थिची कार्य शुभारम्भ गर्नुभएको हो । वडाहरुबाट काटिदै आएको विभिन्न प्रकारका सेवा वापतको रसिद जस्तै: मालपोत कर , सम्पत्ति कर, घर बहार कर र व्यवसायी कर जस्ता करहरु अब घर बसीबसी विभिन्न इलेक्ट्रोनिक सेवा ( E-Sewa, Khalti) मार्फत विल तिर्न सकिने न. पा. ले सेवा सुरु गरेको छ ।
नगर प्रमुख अजय कुमार गुप्ताको विशेष पहलमा विश्वको कुनैपनी कुनाबाट बिधुतिय प्रविधि बाट भुक्तानी ( E-Sewa, Khalti) मार्फत विल तिर्न सकिने सेवा शुभारम्भ गरेको हो ।
सरकार को नीति स्थानिय सरकारको अनुभूति गराउदै नगर प्रमुख गुप्ताले जन जन सम्म सेवा पुर्याउने कार्यलाई एक कदम अगाडी बढाउदै घरमै बसेर नगरपालिकाका विभिन्न किसिमका कारहरु बिधुतिय प्रविधि बाट बुझाउने सेवा सुरु गरेका छन् ।
उक्त कार्यक्रममा नगर निमित्त प्रमुख प्रशासकिय अधिकृत सुभाष कुमार ठाकुर ,योजना तथा जिन्सी प्रमुख जितेन्द्र भारती लगायत नगरका जनप्रतनिधि कार्यालयका कर्मचारी , समाजसेवी ,सुरक्षाकर्मी ,संचारकर्मी साथै बुद्धजीविहरुको उपस्थिति रहेको थियो ।





