काठमाडाैं ।। जोखिम समूहमा रहेका व्यक्तिलाई कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएको भए पनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै आजबाट अतिरिक्त खोप दिइँदैछ । अतिरिक्त खोप पहिले जुन लगाइएको हो, त्यही दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले यसलाई बुस्टर डोज नभई रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिलाई दिन लागिएको थप खोपको रूपमा बुझ्न अनुरोध गर्नुभयो । सरकारले दिन लागेको अतिरिक्त खोप मध्यम तथा गम्भीर रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, क्यान्सरका बिरामी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषिध सेवन गरिरहेका बिरामीले पाउने मन्त्रालले जनाएको छ । भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष माथिका सबै व्यक्तिले पनि सरकारले दिने अतिरिक्त खोप पाउने मन्त्रालयले उल्लेख गरेको छ । खोप लगाउनका लागि पहिले खोप लगाएको तीन महिना पुगेको हुनुपर्नेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।