राैतहट ।। रौतहटको गढीमाई नगरपालिकाका स्वास्थ्य शाखाले स्वास्थ जीवनशैली हाम्रो आवश्यक्ता लगायतका नारा सहित जनचेतनामुलक विभिन्न कार्यक्रम गरि दिवस मनाएको छ ।
गढीमाई नपाका प्रमुख प्रशासकिय अधिकृत श्री नागेन्द्र यादव प्रमुख अतिथ्यमा ९ वडा कै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु तथा अन्य स्वास्थ्यकर्मिहरुको सहभागितामा नगरपरिक्रमा गर्दै औपचारीक कार्यक्रम परिणत भएको थियो ।
स्वास्थ्य शाखा संयोजक श्री तेज नारायण यादवको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले महिला स्वास्थ्य स्वमसेविकाहरु, स्वास्थ्यकार्मीहरुलाई स–सम्मान कदर–पत्र सहित सम्मानीत गर्नु भयो ।
कार्यक्रमा डवलु एच ओ का प्रतिनिधि डा.ब्रजकिशोर ठाकुर, स्वास्थ्य सह संयोजक धर्मेन्द्र सहनी, स्वास्थ्यकर्मी राम विनय साह , सम्पुर्ण स्वास्थ्य संस्था प्रमुखहरुको उपस्तिथि रहेको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश स्वास्थ जीवनशैली हाम्रो आवश्यक्ता भन्दै १८ औ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईयो
स्वास्थ जीवनशैली हाम्रो आवश्यक्ता भन्दै १८ औ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईयो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।