काठमाडौं ।। राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले शपथ लिएका छन्। आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले शपथ लिएका हुन्।
लिङ्देन लगायत अन्य पदाधिकारी र सदस्यहरुले पनि शपथ लिएका छन्। लिङ्देन लगायतका पदाधिकारीलाई केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले शपथ खुवाएका थिए। केन्द्रीय सदस्यहरुलाई भने अध्यक्ष लिङ्देनले शपथ खुवाएका थिए।
शनिबार रातिसम्म भएको मतदानको परिणाम आइतबार बिहान आएको थियो। जसमा खसेको मतमध्ये लिङ्देनले १८ सय १७ मत पाएका थिए भने कमल थापाले १६१७ मत पाएका थिए। ४३१ मत भने बदर भएको थियो।
प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा थापा भने उपस्थित थिएनन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here