काठमाडाैं ।। नेकपा एमालेले १० औँ महाधिवेशनमा पराजित नेतालाई व्यवस्थापन गर्ने बारेमा अनौपचारिक छलफल सुरु भएको छ । एमालेको गत मङ्गलबार सम्पन्न दसौँ महाधिवेशनमा नेताहरू भीम रावल, भीम आचार्य, घनश्याम भुसाल लगायत पराजित भएपछि पार्टीमा समावेश गरी अघि बढ्ने भन्ने बारेमा अनौपचारिक छलफल भइरहेको उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभयो । महाधिवेशनबाट पदाधिकारीमा पराजित नेतालाई केन्द्रीय कमिटीमा ल्याउन स्वतः उम्मेदवारी दिएको मानिने व्यवस्था एमालेमा छ । तर अध्यक्षको प्रतिस्पर्धामा रहनुभएका नेता रावलले आफ्नो उम्मेदवारी केन्द्रीय समितिमा नरहेको दावी गर्दै केन्द्रीय सदस्यमा रहन मान्नुभएको छैन । उहाँलाई पनि कसरी समेट्ने भन्ने बारेमा छलफल भइरहेको ज्ञवालीले बताउनुभयो । एमाले नेताहरूका अनुसार पराजित भएका उम्मेदवारलाई स्थायी कमिटीमा समेट्ने बारेमा पनि छलफल भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here