राहुल कुमार पाण्डेय ।।रौतहट ।। जिल्ला कारागार कार्यालय गौरमा प्रमुख जेलरको सहयोगमा चौकिदार, मूल नाइके र सहायक नाइकेहरुको शोषण दादागिरी र विकृतिले गर्दा कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दीहरु पीडित बनिरहेको तथ्य सार्वजनिक भएको छ ।
मंसिर १ गते देवाही गोनाही नगरपालिका ७ का लडाई साह कारागार भित्रको शौचालयमा झुण्डीएको अवश्थामा फेला परे पछि कारागार भित्रको अन्याय गुन्डागर्दी र बेथिति बाहिर आउन थालेको हो ।
जिल्ला कारागारको शौचालयमा गम्भीर अचेत अवस्थामा भेटिएका लडाई साहको हत्या गरिएको परिवारजनले दाबी गर्दै घटनाको छानविन गर्न माग गर्दै आएका छन ।
जिल्ला कारागारका अन्य कैदीले पनि कारागार प्रशासन र नाइकेहरुको चरम यातनाका कारण आफुहरु समेत असुरक्षित रहेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा मानवअधिकार आयोगमा समेत कैदीहरुले पत्र पठाएका पछि कारागार भित्रको अवस्था सार्वजनिक भएको हो ।
अपरहण, शरिर बन्धक तथा जर्बजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका साहलाई २०७६ बैशाख ४ मा कारागार चलान गरिएको थियो । कारागार भित्रको दादागिरी र यातनाका कारण साहको ज्यान गएको अन्य कैदीहरुको भनाइ रहे पनि कारागार प्रशासनले भने घटना आत्महत्याको भएको ठोकुवा गर्दै आएका छन् ।
“कारागार भित्र नाइकेहरुको छुट्टै राज्य छ ।” गौर कारागारबाट सजाय भुक्तान गरेर आएका राजेश गिरीले भने “कारागारका बन्दीहरु शारिरीक, मानसिक, आर्थिक, यातनाको शिकार भईरहेका छन” कारागार व्यवस्थापन ऐन २०१९ ÷ २०२० मा जघन्य प्रकृतिको मुद्दाका कैदीलाई चौकीदार नबनाउने नियम भए पनि बलात्कार गरी हत्या गरेको आरोपमा कैद जिवन बिताइरहेका विक्की सिंहलाई गौर कारागारमा चौकीदार बनाइएको छ
कारागारमा रहेको मध्ये कोठा नम्वर ६ मा कुनै कैदीबन्दी जान चाहदैनन । कारागारको यो कक्ष कैदीबन्दीहरुको लागी यातना कक्ष हो । यही कोठामा राखेर विक्की सिंहको समुहले कैदीहरुलाई चरम यातना दिने र लागुऔषधको सेवन गर्ने गरेका छन ।
नाइकेहरुले कारागार भित्र लागु औषध, चुरोट, खैनी, लगायतका अवैध सामानको व्यापार समेत गर्ने गरेको गिरीले बताए । “कैदीबन्दीहरु संग भेट्न आउने उनका परिवारका सदस्यहरुले ल्याएको सामानहरु भित्र दिने बहानामा खोसेर चौकिदार विक्की सिंहद्धारा संचालन गरिएको पसलमा राखिन्छ । ” गिरीले भने “बाहिर बजारमा पाइने भन्दा भित्र कारागारको पसलमा तिन दोब्बर बढी महङ्गोमा खरिद गर्ने बाध्यता छ । ”
बाहिर सस्तो समान पाइने भएपनि कारागार भित्र दोब्बर मुल्य लिने गरेको बुझिएको छ । काउली ६० उपिया प्रति किलो बजारमा मिल्छ भने कैदी बन्दिलाइ करिव २ सय रुपैया लिने गरेको बुझिएको छ । परिवार लाइ फोन बाट कुरा गरे वापत प्रति मिनेट ५ रुपैयाका दरले नाइकेहरु असुल्ने गरेको छ ।
मेस संचालनको जिम्मेवारी पाएका चौकिदार विक्कि सिंहले गुणस्तरहीन खाना खुवाइरहेको उनले बताए । प्रतिदिन ७ सय ग्राम चामल गरी महिनाको एक कैदी बन्दीले २१ किलो चामल र १८ सय नगद रकम पाउने गरेको भएपनि कैदीले थप खाना मागेमा चौकिदारले कुटने गरेको र प्रत्येक महिनाको १, ११ र २१ गते कैदीहरुलाई लामबद्ध गराएर चौकीदारको पसलमा खाए वापतको तेब्बर रकम असुल्ने र माँगे बमोजिमको पैसा नदिदा कोठा नम्वर ६ मा लगि चरम यातना दिने गरेको उनले भने ।
१६ महिना कारागार बसेर आएर आएका गिरीले कारागार भित्र नाइकेहरुको साम्राज्यका बारेमा बताउदै भने “कत्र्तव्य ज्यान मुद्दामा कैदीबन्दीको जिवन विताईरहेका शेख शौकतसंग चौकीदार विक्की सिंहले पैसा लिएर कारागार सुरक्षामा खटिने प्रहरीकै कोठामा एक महिलासँग अनैतिक सम्बन्ध समेत गराएका थिए ।
घटना पश्चात निरीक्षण गर्न पुगेका मानव अधिकार आयोगका टोली समक्ष १ सय कैदी बन्दिहरुले आफ्नो पिडा सुनाएका थिए । २ जना कैदीले आफु माथि दुइ नाइकेहरुले यौन शोषण गरेको समेत खुलासा गरे ।
भाइ नाइके जय बाबु सिंह र चौकीदार विक्की सिंह को काका जय बाबु सिंह रहेका छन् भने अर्का राम नरेश यादव दाइ नाइके माथि यस्तो गम्भीर प्रकृतिका आरोप लगाईएको हो ।
अनुगमन टोलीमा सहभागी भएका अधिवक्ता रामकुमार महासेठले एक जना लाइ २५ सय रुपैया दिने प्रलोभन समेत देखिएको पाइएको बताए । एक पिडितले कारागार भित्र राम्रो खाना ,सुविधा दिन्छु भतिजो मेरो चौकीदार हो तिमीलाई केहि हुदैन भन्दै तिन पटक सम्पर्क गरेको कुरो सुनाएको उनले बताए ।
गौर कारागार भित्र ३ सय ७७ जना कैदी बन्दि रहेका छन् जसमा १ जना न्बलक र १२ जना महिला बन्दिहरु छन् । कैदी बन्दिहरुले सार्वजनिक रुपमा पत्र लेखेर गरेको अपिलमा युवा बन्दीलाई अप्राकृतिक मैथुन गरिएको भनि उल्लेख गरिएको छ ।
जेलर शम्भु यादवको सहयोगमा कारागार भित्र रहेकी एक महिला बन्दिलाइ चौकीदार विक्की सिंहले जेल बाहिर लगेर पटक पटक यौन सम्पर्क राखेको र गर्भवती समेत बनाएको आरोप लगाएको छ ।
कैदी हरुले बलात्कार गरि हत्या गरेको आरोपमा सजाय भोगी रहेका चौकीदार सिंह संगै सह चौकीदार विनोद यादव , नाइके जय बाबु सिंह , मसिर देवान राम नरेश यादव , सह नाइके जितेन्द्र कुशवाहा सहित ७ जना लाइ जेल प्रवेश गर्नमा समेत रोक लगाएको छ ।
सातै जनालाइ अन्यत्र सरुवा गर्न माग गर्दै जेल भित्र विद्रो गरिए पनि कारागार प्रसाशनले अहिले सम्म कुनै प्रतिक्रिया देखाएका छैन ।
जेलर शम्भु यादवले कारागार व्यवस्थापन ऐनमा जघन्य प्रकृतिको कैदीलाई चौकीदार नबनाउने प्रावधान रहेपनि विक्की सिंहलाई जिम्मेवारी दिएको स्वीकार गरेका छन ।
गौर कारागारका जेलर यादवले हाल कारागारमा उत्पन्न भएको तनावका कारण विक्की सिंह पक्षलाई अन्य कारागारमा सरुवा गर्ने तयारी भइरहेको बताएका छन । विवाद भएको दुई मध्ये एक पक्षलाई रामेछाप कारागारमा पठाए पछि अहिले अवश्था सामान्य भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here