चितवन ।। चितवनको सौराहामा जारी नेकपा एमालेको दसौँ महाधिवेशनको बन्दसत्रमा सहमतिको प्रयास असफल भएपछि अध्यक्ष लगायत पदमा आज निर्वाचन हुने भएको छ । सहमतिका लागि भन्दै हिजो दिनभर सुरु हुन नसकेको बन्दसत्र गएराति १२ बजेपछि मात्रै अघि बढेको थियो । अध्यक्ष मन्डलको बैठकपछि राति सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी, केन्द्रीय सदस्यको नाम सुनाउनुभएको थियो । अध्यक्ष मण्डलको अध्यक्षको हैसियतमा उपाध्यक्ष बन्न नेता भीम रावललाई आदेश दिएको उल्लेख गर्दै पक्षविपक्षमा उभिँदा राम्रो सन्देश नजाने अध्यक्ष ओलीको भनाइ थियो । त्यसपछि बोल्ने अनुमति पाउनुभएका नेता रावलले अध्यक्षको आदेश मान्न नसक्ने जानकारी गराउँदै उम्मेदवारी घोषणा गरेपछि फर्कन नसक्ने बताउनुभएको थियो । त्यसपछि ओलीले आगामी कार्यकालका लागि अध्यक्षमा आफ्नो र अरु पदाधिकारी, केन्द्रीय सदस्यको नाम सर्वसम्मतिका लागि घोषणा गर्नुभयो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल, विष्णु पौडेललाई उपाध्यक्ष, अन्य प्रस्तावित उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ, विष्णु रिमाल, सचिवमा टोपमहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरिएको छ । यी सबै पदाधिकारीलाई आज निर्वाचन कार्यक्रम अनुसार मनोयनपत्र दर्ता गर्न अध्यक्ष ओलीले भन्नुभएको छ । त्यसअनुसार केही बेरमा निर्वाचन प्रक्रिया अघि बढ्ने निर्वाचन समितिका संयोजक डा विजय सुब्बाले सीआईएनसँग बताउनुभयो । नेता रावलले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउनका लागि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताउनुभयो । आकांक्षी नेताहरू धेरै भएपछि अस्तिको बन्दसत्रले अध्यक्ष ओलीलाई नै पदाधिकारी र केन्द्रीय सदस्यहरूको टुंगो लगाउने जिम्मा दिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here