काठमाडाैं ।। प्रधामन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) संसदबाट पारित हुने बताएका छन्।प्रेस युनियन कैलालीले शुक्रवार बिहान धनगढीमा आयोजना गरेको प्रेस मिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।शोधन हुन्छ कि जस्ताको त्यस्तै पारित हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘संशोधन गर्नुपर्ने केही छँदै छैन।’ एमसिसीबारे झुटाे प्रचार भइरहेको उनले दाबी गरे। एमसिसीमा नेपालकै कानुन लागू हुने अमेरिकाले भनिसकेकाे उनले बताए। ‘कसैले सित्तैमा दिन्छु भन्दा पनि चाहिएन भन्छन्,’ भन्दै देउवाले असन्तुष्टि व्यक्त गरे। ‘एमसिसीबारे झुटाे प्रचार भइरहेको छ। संशोधन गर्नुपर्ने केही छैन,’ उनले भने।वर्ल्ड बैंक, एडिबीजस्ता दातृ निकायले दिने ऋणमा अन्तर्राष्ट्रिय कानुन लागू हुने भए पनि एमसिसी अनुदान भएकाले नेपालकै कानुन लागू हुने उनको भनाइ थियो। ‘वर्ल्ड बैंक, एडिबी छ नि नेपालको कानुन उनीहरूमा लागू हुँदैन। झगडा परे अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ,’ देउवाले भने, ‘ऋण हो त्यो। एमसिसी त अनुदान हो। नेपालको कानुन लागू हुन्छ। नेपालको कानुन नै एमसिसीभन्दा माथि हुन्छ उनीहरूले भनिसके। नेपालकै कानुनभन्दा तल हो एमसिसी भनिसके।’
प्रधानमन्त्री देउवाले वैशाखमा निर्वाचन हुने नहुने भन्नेबारे गठबन्धनसँग छलफल गरेरमात्र अघि बढ्न सकिने भनाई राखे। ‘वैशाखमा चै हाम्रो गठबन्धन छ। सल्लाह हुन्छ। म एक्लैले गर्ने कुरा छैन,’ देउवाले भने।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई सञ्चारकर्मीले महाधिवेशनसम्बन्धी प्रश्नसमेत गरेका थिए।
कैलालीसहित केही जिल्लामा पार्टीको निर्वाचन हुन सकेको छैन भनी सोधिएको प्रश्नको जवाफमा देउवाले भने, ‘पार्टीको निर्वाचन? त्यो त निर्वाचन समितिलाई थाह हुन्छ। त्यो त मलाई थाह हुँदैन। पार्टीको निर्वाचन समितिलाई थाह हुन्छ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here