रौतहट ।। एक लाख ८० हजार भारतीय रुपैया सहित एकजनालाइ रौतहट प्रहरी पक्राउ गरेको छ ।
सिमा प्रहरी चौकी बन्जरहाबाट खटेको प्रहरी टोलीले उक्त रकम सहित भारत विहार राज्यको शिवहर जिल्ला ग्राम पंचायत बेलबाघाट ५ निवासी विश्वनाथ साह कानुको छोरा २२ वर्षीय सुशील कुमार साहलाइ पक्राउ गरेको हो ।
इशनाथ नगरपालिका १ स्थित बैकाया खोलाको बाधमा भारतबाट नेपाल आउदै गरेको साह लाइ चेकजाच गर्दा झोलामा राखेको १ लाख ८० हजार भारतीय रुपैया फेला परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रकम सहित पक्राउ परेका साहलाइ आवस्यक कार्यवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।