काठमाडाैं ।। रोजगारीका लागि इजरायल जान इच्छुकहरु मध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका १ हजार ६ सय जनाको नाम सरकारले सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्र्तवार्तामा सहभागीहरु मध्ये १ हजार ६ सय जनाको नाम आज सार्वजनिक गरेको हो । जसमा ११ सय २० जना महिला र ४ सय ८० जना पुरुष रहेका छन् । इजरायलले नेपाली कामदार लैजाने कोटा भने १ हजार ४ सय छ । १६ सय मध्येबाट अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कामदार छनोट गर्नेछ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाता बीच रोजगार सम्झौता भएपछि मात्रै उनीहरु इजरायल जान पाउने बैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले सीआईएनसंग बताउनु भयो । रोजगारीका लागि इजराईल जान ईच्छुक ९ हजारले आवेदन दिएका थिए जसमा २ हजार बढी आवेदन मापदण्ड नपुगेकाले अस्वीकृत भएका थिए । लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना अन्तरवार्ताका लागि उत्तीर्ण भएका थिए । अन्तवार्ता पछि १६ सय जना श्रमिक छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाइएको हो । अब इजरायलले यही सूचिबाट एक हजार जना श्रमिक केयर गिभरको लागि लैजाने छ ।
इजराईल जानका लागि परीक्षा पास भएर अन्र्तवार्तामा सहभागीहरु मध्ये १६ सय जनाको नाम सार्वजनिक
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।