काठमाडाैं ।। जर्मनीमा आज संघीय संसदका लागि मतदान भइरहेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार सफा मौसममा जर्मनीका मतदाताहरु मतदानका लागि लामबद्ध भएका छन् । सन् २००५ पछि निरन्तर सत्तामा रहनुभएका चान्सलर एङ्गेला मर्केल यही चुनावपछि राजनीतिबाट बिदा हनु हुने छ । उहाँ यस पटक प्रतिस्पर्धामा उत्रनु भएको छैन । अब नयाँ नेतृत्वमा को आउँछ भन्ने बिषयलाइ चासोका साथ हेरिएको छ । ६ करोड मतदाता रहेको चुनावम अघिका मत सर्वेक्षणहरुले पनि स्पष्ट तस्बिर देखाउन सकेका छैनन् । नयाँ चान्सलरका लागि तीन जनाको नाम चर्चामा छ । सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिण्डनर र ग्रिन पार्टीका एनालेना बेएरबोक चान्सलर चर्चामा रहेका छन् । तर कसैको पनि स्पष्ट बहुमत आउने नदेखिएको विश्लेषण भइरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।