काठमाडाैं ।। नेपाली काँग्रेसको निर्वाचन समितिको संयोजक महादेव यादवले राजीनामा दिनुभएको छ । आफ्नो व्यक्तिगत कारणले गर्दा हिजो राजीनामा दिएको यादवले सीआईएनलाई जानकारी दिनुभयो । काँग्रेसको वडा अधिवेशन चलिरहेका बेला संयोजक यादवले राजीनामा दिनुभएको हो । काँग्रेस महाधिवेशनको लागि अझैँ २१ जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लागेको छैन । मङ्सिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशनको मिति तोकेको काँग्रेसले क्रियाशील सदस्यता टुङ्गो लगाउन नसक्दा अन्यौल सिर्जना भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।