पर्वत ।। नेपालमा करिब १ सय ५० वर्ष अगाडि चिया खेती सुरु गरेको भए पनि हाल १८ जिल्लामा मात्र किसानहरू व्यावसायिक चिया खेतीमा लागेका छन् । पहाड र तराइमा फरकफरक जातका चियाको सम्भावना भए पनि किसानहरूको आकर्षण यसतर्फ बढ्न नसकिरहेको बेला पर्वतको महाशिला गाउँपालिकाले चिया खेती बिस्तारको अभियान चलाउने भएको छ । २६ वर्ष अगाडीसम्म फलाम उत्खनन गरेर जीविका चलाएका स्थानीयबासीले फलामखानी बन्द भएपछि आयस्रोत गुमाएका थिए । तत्कालीन जिल्ला विकास समितिले फलामखानीबाट बिस्थापित दलित समुदायका नागरिकलाई चियाखेतीमा लगाउने योजना बनाए पनि सफल हुन सकेको थिएन । अहिले चियाखेतीको योजना सफल भएको महाशिला ६ फलामखानीका अध्यक्ष रामबहादुर सुनारले बताउनुभयो । महाशिला ६ फलामखानीमा ६० रोपनी जग्गामा लगाईएको चियाबगान बाट तयारी चिया उत्पादन भएपछि खाली जमिन र बाँदरका कारण खेती नभएका स्थानमा चिया खेती गर्ने योजना बनाइएको महाशिला गाउँपालिकाको आर्थिक समितिका संयोजक ईश्वरीप्रसाद भुसालले बताउनुभयो । गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा चियाखेती प्रर्बद्धन कार्यक्रम समाबेश गरेको गाउँपालिकाले गतवर्ष ५० हजार बिरुवा रोपेको थियो । यसवर्ष थप ५० हजार विरुवा रोप्ने योजना रहेको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । १८ सय मिटरको उचाइमा रहेको महाशिला गाउँपालिकामा चियाखेती सफल हुने कृषि प्राविधिकहरू बताउँछन् । संरक्षण र प्रवद्र्धनमा संघ र प्रदेश सरकारले पनि चासो दिनुपर्ने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाको भनाइ छ । चियाखेतीबाट व्यावसायिक उत्पादन गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना हुने यहाँका सरोकारवाला निकायको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here