काठमाडौँ ।। महन्थ ठाकुरले पनि पार्टीको नाम फेरेका छन् । निर्वाचन आयोगले अन्य दलसँग मिल्दोजुल्दो नाममा दल दर्ता गर्न इन्कार गरेपछि ठाकुरले आयोगमा पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ता गराएका छन् । उनले यसअघि जसपा (लोकतान्त्रिक) नाममा दल दर्ता गर्न निर्वाचन आयोगमा पत्र बुझाएको भए पनि आयोगले सो नाम परिवर्तन गर्न भनेपछि ‘लोकतान्त्रिक समाजवादी’ पार्टी राखिएको नेता केशव झाले जानकारी दिए ।
यसअघि प्रस्ताव गरिएको केन्द्रीय कार्यकारिणी समिति पनि २४ बाट बढाएर ३१ पुर्याइएको उनले जानकारी दिए । यसै गरी वरिष्ठ नेतामा यसअघि राजेन्द्र महतोको नाम मात्र प्रस्ताव गरिएकोमा हाल शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा भएको संशोधन अनुसार निर्वाचन आयोगले बिहीबार राती नियमावलीमा समेत संशोधन गरिसकेको छ । नियमावली संशोधन भएपछि आयोगले दल दर्ताका लागि नयाँ निवेदन मागेको हो ।
महन्थ पक्षको नयाँ पार्टीको नाम अब ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।