काठमाडाैं ।। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनको षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ । गएराति एक विज्ञप्ती निकालेर उहाँले पूर्व घोषित प्रतिवद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले) लाई विभाजित गर्ने षडयन्त्र भइरहेको आरोप लगाउनुभएको हो । उहाँले नेकपा (एमाले) र पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य नहुने भन्दै पार्टीका सबै नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन पनि अनुरोध गर्नुभएको छ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागिएको चर्चा चलेपछि पूर्वप्रधानमन्त्री ओलीको विज्ञप्ती आएको हो ।
यसैबीच सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको बारे छलफल गर्न एमालेको स्थायी समिति र संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे स्थायी समिति र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
एमाले विभाजनको षड्यन्त्र भइरहेको पूर्वप्रधानमन्त्री ओलीको आरोप
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।