काठमाडाैं ।। संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच लडाइँ जारी रहेका बेला तीन दिनमा सत्ताइस जना बालबालिका मारिएको जनाएको छ । राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धि भएकोमा चिन्ता व्यक्त गरेको छ । दुई पक्षको लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरणहरू आएको पनि युनिसेफले जनाएको छ । विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ।गत शुक्रवारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको छ । अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ । हिजो युनिसेफले जारी गरेको वक्तव्यमा बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको उल्लेख छ । कान्दाहार, खोस्त र पाक्तिया प्रान्तमा मात्र २७ बालबालिका मारिएको विवरण यनिसेफले जनाएको छ । विगत तीन दिनमा ती क्षेत्रहरूमा १ सय ३६ भन्दा बढी बालबालिकाहरू घाइते भएको युनिसेफले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here