रौतहट ।। राैतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर १ पथरा टोलमा प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भैरहेको डुम समुदायको घर अहिले सम्म निर्माण हुन् सकेको छैन ! अषाढ मसान्त सम्ममा निर्माण कार्य सक्नु पर्ने उक्त योजनाको कार्य अलपत्र अवस्थामा परेकोले दलित समुदायका व्यक्ति थप पिडामा परेको हो ! प्रदेश सरकारले दलित समुदायका डोम मुसहर जातिका परिवारलाइ घर बनाउने उदेश्यले ल्याएको योजना रौतहटमा ओझेलमा परेको छ ! राजदेवी नगरपालिका १ मा बसोवास गर्ने ७ जना परिवारको घर समयमा निर्माण नहुदा झुपडीमा बसेर गुजारा गर्नु पर्ने बाध्यात्मक अवस्था सृजना गरिएको पिडा घरवार विहिन बनाईएका परिवारहरुको रहेको छ ! जनता समाजवादी पार्टी नेपालका प्रदेश सांसद बाबुलाल साह कानु अध्यक्ष भएको जनता आवासको कार्यक्रम जिल्लामा पूर्णता पाउन सकेको छैन ! गएको फाल्गुन महिनामा भएको फुसको घर भत्काई न्या घर निर्माणको कार्य संचालन गरेका भएपनि घर निर्माण हुन् सकेको छैन ! घर निर्माण नहुदा पारिवारिक समस्या उत्पन्न भएको गुनासो स्थानीय इन्दु देवी मलीले गरेकी छिन ! घरको कार्य अधुरो भएकोले सानो झुपडीमा बस्नु परेको पिडा पोख्दै वर्षाको समयमा पानिमा बस्नु परेको दुखेसो पोखे ! सानो सानो छोरा छोरी लिएर झुपडीमा सुत्ने गरे पनि घर निर्माणको जिम्मा लिएका व्यक्तिले कुनै चासो नदेखाएको आरोप उहाको रहेको छ ! भएको घर पनि तोडियो र न्या घर पनि निर्माण गरिएन उनले भने घर नभएकोले खाने कुरा लगायतका खाद्यान्न सामग्री ,लता कपडा वर्षको पानिले छती ग्रस्त हुने गरेको पिडा उनीहरुको रहेको छ ! गणेश मली , कुश्मी मली , उपेन्द्र मलि , रनसिंग मलि , छविला मलि , जगदीश मलि , महावीर मलिको घर अधुरो रहेको छ ! राजनीतिक हिसावले घर निर्माणको जिम्मा दिइएकोले घर निर्माणको कार्य अलपत्र अवस्थामा परेको स्थानीयहरुको टिप्पणी रहेको छ ! २२ फिटमा २ वटा कोठा निर्माण गर्न ३ लाख ६० हजार रुपैया बजेट छुट्याइएको बुझिएको छ ! गरिव , अशिक्षाको मारमा रहेका डुम परिवारलाइ जनता आवास योजनाले थप पिडा दिइएको टिप्पणी विरेन्द्र मलिले गरेका छन् ! ६ महिना देखि अलपत्र अवस्थामा निर्माण कार्य छोडिएको देखिएको छ ! राजदेवी नगरपालिका वडा नम्बर ७ मा पनि गीता देवी मलिको घर अलपत्र अवस्थामा छोडिएको छ ! घर निर्माणको कार्यमा प्रदेश सरकारको लगानी सार्थक देखिएको छैन ! प्रत्येक स्थानीय तहमा शुरु गरिएको जनता आवास कार्यक्रममा रकमको व्यापक अनियमितता भएको आशंका गरिएको छ !
Home प्रदेश समाचार मधेश प्रदेश जनता आवास योजनाको नाउमा दलितलाइ सास्ती खुल्ला आकाश मुनि बस्न बाध्य(भिडियाे सहित)
जनता आवास योजनाको नाउमा दलितलाइ सास्ती खुल्ला आकाश मुनि बस्न बाध्य(भिडियाे सहित)
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।