काठमाडाैं ।। विश्वमा कोरोना सङ्क्रमितको संख्या १७ करोड ४७ लाख ३८ हजार ७६२ पुगेको छ । बितेको २४ घण्टामा विश्वमा ३ लाख ५९ हजार १२७ जना सङ्क्रमित थपिएको वल्र्डमिटर्सले जनाएको छ । सोही अवधिमा १० हजार १६४ जना सङ्क्रमितको मृत्यु भएको छ । अहिले विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ लाख ६२ हजार ५७० पुगेको छ । अहिलेसम्म १५ करोड ८४ लाख ३८ हजार २६७ जनाले कोरोनालाई जितेका छन् । सक्रिय सङ्क्रमित १ करोड २५ लाख ३७ हजार ९२५ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररत ८५ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा ३ करोड ४२ लाख ४२ हजार ८६६ जनामा सङ्क्रमण फैलिएको छ । सङ्क्रमित ६ लाख १३ हजार ५२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै भारतमा २ करोड ९० लाख ८८ हजार १७६ जनामा सङ्क्रमण हुँदा ३ लाख ५३ हजार ५५७ जनाले ज्यान गुमाएका छन् । २ करोड ७४ लाख ९६ हजार १९८ जनाले कोरोनालाई जितेका छन् ।
विश्वमा कोरोना सङ्क्रमितको संख्या १७ करोड ४७ लाख भन्दा बढी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।