रौतहट ।। स्रोत नखुलेको ३० लाख अवैध रकम सहित रौतहटबाट २ जना पक्राउ परेको छ ।
स्रोत नखुलेको अवैध रकमसहित रौतहटको परोहा नगरपलिकाको वडा नम्बर ९ स्थित रामपुरखापमा नेपाल भारत सिमामा प्रहरीले चेकजाच गर्दा २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतबाट नेपालतर्फ भारतीय विआर०५आर४५२१ नम्बरको मोटरसाइकल चालक भारतको मोतीहारी जिल्लाको घोडासहन बस्ने बर्ष २२ का बन्टि कुमार कलवार र सोही मोटरसाइकलको पछाडी सवार भारतीय बर्ष २० का सुरज कलवारलाई रोकी चेकजाच गर्दा ३० लाख ७६ हजार सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here