काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा नौ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६२ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार दुई सय ३८ र चार सय २४ जनाको एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यस्तै काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा तीन हजार नौ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा तीन हजार दुई सय ५०, भक्तपुरमा दुई सय २६ र ललितपुरमा चार सय ४८ जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै कोरोना सङ्क्रमणका कारण नेपालमा थप एक सय ६८ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा चार हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार चार सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here