काठमाडौँ ।। देशभर पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३७ कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ।
१६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३ सय ८८ र ५ सय १८ एन्टिजेन परीक्षणबाट ६० जनामा संक्रमण पुष्टि भएको हो।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।