रौतहट ।। रौतहट जिल्लामा पहिलो पटक स्थापना गरिएको स्वर्गीय दुर्गा प्रसाद पौडेल पत्रकरिता पुरस्कार नेपाल पत्रकार महासंघ रौतहट शाखाका साधारण सदस्य एवं वरिष्ठ पत्रकार श्रीमान नारायण मिश्रलाइ प्रदान गरिएको छ ।
विश्व प्रेस स्वतन्त्रा दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सो पुरस्कारबाट पत्रकार मिश्रलाइ सम्मानित गरिएको हो ।
पत्रकारिता पेशा संगै शैक्षिक सस्था संचालन गर्दै आएका पौडेलका छोरा सन्तोष पौडेल ले आफ्नो बुबाको नामबाट प्रत्येक वर्ष एक जना पत्रकारलाइ सम्मानित गर्ने उदेश्यले सो पत्रकरिता पुरस्कारको स्थापना गरेको हो । पुरस्कार को नगद राशि ११ हजार रहेको छ । सम्मान पत्र सहित ११ हजार रुपैयाको चेक हस्तानान्तरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्वतन्त्राको लडाईमा पत्रकारहरुको ठुलो भूमिका रहेको बताउनु भएको छ । राष्ट्र र राज्यको विकासमा प्रेसको महत्व अति नै आवश्यक रहेकोले वाक स्वतन्त्र र प्रेस स्वतन्त्रा हुनु पर्ने जोड दिए ।
प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी यादवले लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि प्रेसको विकास हुनु पर्ने धारणा राखे । उहाले प्रेस पूर्ण रुपमा स्वतन्त्रा निस्पक्ष हुनु पर्छ । नागरिकलाइ सचेत बनाउने प्रेसको भूमिका रहेको बताउदै सहि र सत्य तथ्य को आधारमा सुचना सम्प्रेसन गर्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी , पत्रकार ध्रुव साह , पुर्व अध्यक्ष रविन्द्र प्रसाद साह , जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रेवन्त झा ,नेपाल प्रहरीका प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह लगायतकाले आ आफ्नो विचार राखेका थिए ।
Home प्रदेश समाचार मधेश प्रदेश रौतहटमा पहिलो पटक स्वर्गीय दुर्गा प्रसाद पौडेल पत्रकारिता पुरस्कार पत्रकार मिश्र...
रौतहटमा पहिलो पटक स्वर्गीय दुर्गा प्रसाद पौडेल पत्रकारिता पुरस्कार पत्रकार मिश्र लाइ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।