एजेन्सी ।। भारतको राजधानी दिल्लीमा एकहप्ताको लागि लकडाउन घोषणा गरिएको छ।
कोरोना संक्रमित तीव्र गतिमा बढ्न थालेपछि दिल्लीका मुख्यमन्त्रीले विज्ञहरुको सुझावमा सोमबार राति १० बजेदेखि लागू हुने गरी आगामी सोमबार बिहान ५ बजेसम्म लकडाउनको घोषणा गरेका हुन्।
पछिल्लो समय भारतमा दैनिक दुई लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका छन्।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गएको २४ घण्टामा २ लाख ७३ हजार ८१० नयाँ संक्रमित थपिएका हुन्। सोही अवधिमा भारतमा १६ सय १९ को मृत्यु भएको छ।
यससँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ५० लाख ६१ हजार ९१९ पुगेको छ। यहाँ मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ७६९ पुगेको छ। अहिले भारतमा १९ लाख २९ हजार ३२९ जना सक्रिय संक्रमित छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here