रौतहट ।। छिमेकी राष्ट्र भारतमा कोभिड–१९ सङ्क्रमण पुनः तीव्ररूपमा बढिरहेको सन्दर्भ र नेपालमा पनि केही दिनयता दैनिक नयाँ सङ्क्रमित बढेको तथ्यले नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर आउने निश्चित छ ।
रौतहटमा केही दिनयता कोरोना संक्रमण दर बढदै गएको पाइएको छ । रौतहटमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल गौरमा १६ जनाको स्वाब नमुना जाँच गरिएकोमा ७ जनामा संक्रमण पुष्टि भएको छ । यसका साथै रौतहटमा जम्मा संक्रमतिको संख्या २९ पुगेको छ ।
रौतहटमा कोरोना संक्रमित बढदै गएको भए पनि अझै आइसोलेसन संचालनमा आउन सकेको छैन । गौर,देबाही गुनाही र चन्द्रपुरमा आइसुलेसन निमार्ण गरिएपनि संचालन नहुदाँ संक्रमितहरु खुलेयाम बजार टोलमा घुम्दै गरेको गुनासो विभिन्न समाजिक संजालमा आएकोले त्यसप्रति सम्बंधित निकायको ध्यान जान जरुरी देखिन्छ ।


हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।