रौतहट ।। रौतहटको बौधीमाई नगरपालिकाको कार्यलय घेराउ गरिएको छ । नगरपालिकाले बृद्ध भत्ता लाएको समाजिक सुरक्षा भत्ताको रकम नदिएको भन्दै स्थानी बुद्धबृद्धाले नगरपालिकाको कार्यलयमा घेराउ गर्नुका साथै नगरपालिकाका कार्यलयमा तालाबन्दी गरेका छन् । यस आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ताको रकम नगरपालिकाले उपलब्ध नगराएको भन्दै ठुलो संख्यामा उपस्थित भएका स्थानीयले नगरपालिकाको कार्यलयमा तालाबन्दी गरेको स्थानीय बासिन्दाले जानकारी दिएकाछन् । बिगत लामो समय देखी आर्थिक अनियमितामा नगरपालिकाका कर्मचारी लिप्त रहेको र विकास निर्माणको काममा समेत अनियमिता हुदै आएको सो नगरपालिकामा पछिल्लो समय बृद्धबृद्धाले आफ्नो सामाजिक सुरक्षा भत्ता वापतको रकम नपाएको भन्दै तालाबन्दी गरेकाछन् । सो नगरपालिकाले बाल पोषण भत्ता समेत बितरण नगरेको स्थानीयको भनाइ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












