एजेन्सी ।। भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र बनेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५३ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो ५ महिनापछिको यो सबैभन्दा उच्च संक्रमण हो। पछिल्लो ५ दिनदेखि भारतमा दैनिक संक्रमितको संख्या ४० हजारभन्दा माथि थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा २५१ जना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ६९२ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २६ हजार ४९० जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ करोड १२ लाख ३१ हजार ६५० पुगेको छ।
योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड १७ लाख ८७ हजार ५३४ पुगेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












