रौतहट ।। रौतहटमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । रौतहटको यमुनामाई गाउँपालिका–५ झुनखुनुवा स्थित सुन्दर साहको खेतमा बिहिवार बिहान करिब १०ः१५ बजे आधा शरिर जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्ष(डिएसपी) भरत श्रेष्ठले जानकारी दिएका छन् ।
डिएसपी श्रेष्ठका अनुसार अन्दाजी २४र२५ वर्षीया महिलाको भुसको आगोमा आधा शरीर जलेको अवस्थामा फेला परेको हो।
ती महिलाको शव पहिचान नखुल्दा हत्या हो वा मृत्यु हो भन्ने खुल्न नसकेको डिएसपी भरत श्रेष्ठले बताए। ुशव पहिचान हुनसकेको छैन। उनको पहिचान खुलेपछि हत्या हो की होइन भन्ने खुल्छ,ु डिएसपी श्रेष्ठले भने।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here