पाल्पा ।। नेकपा माओवादी केन्द्रका नेता गिर बहादुर थापाको निधन भएको छ । ४१ वर्षका नेता थापाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँ माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटिका सचिवालय सदस्य तथा तत्कालिन पाल्पा जिल्ला संयोजक हुनुहुन्थ्यो । जनयुद्धकाल देखिनै सरल, इमान्दार र कर्तव्यनिष्ठ नेताको रुपमा परिचित थापा केही बर्ष अघि देखि नै मधुमेह लगायतको उपचार गराइरहनु भएका थापाको आज बिहान ४ बजे निधन भएको हो । पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपालिका १ सिद्धेश्वर निवासी थापा अहिले तिनाउँ गाउँपालिको दोभानमा बस्दै आउनुभएको थियो । उहाँको आजै रिडिघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।