काठमाडाैं ।। विश्वभर कोरोना भाइरसको सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १० करोड नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर ४ लाख ६२ हजार ९ सय १८ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १० करोड २ लाख ५७ हजार २ सय ६१ पुगेको छ । यो दर विश्वभरका कुल सङ्क्रमितको ९७ प्रतिशत हो । यस्तै गत २४ घन्टामा अमेरिकामा सबैभन्दा बढी ८९ हजार ७ सय २८ जना स्वस्थ भएका छन् भने ब्राजिलमा ५८ हजार ६२ जना स्वस्थ भएका छन् । यस्तै स्पेनमा ४२ हजार २८, इटलीमा ३२ हजार ७ सय २०, भारतमा २९ हजार ७ सय ३५, बेलायतमा २० हजार ९ सय ४४ जना गत २४ घन्टामा कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १२ करोड ४२ लाख ९० हजार ९० रहेको छ भने २७ लाख ३५ हजार २ जनाको मृत्यु भइसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here