रौतहट ।। रौतहटमा सिसीटिभी क्यामारा जडान गर्ने तर्फ सर्वसधारणहरुको अकार्षण बढदै गएको छ । प्रविधिको बढदो विकाससँगै पछिलो जिल्लाका विभिन्न ठाउँमा सिसीटिभि क्यामरा जडान गर्ने तर्फ सर्वसाधारणहरुको आकर्षण बढदै गएको देखिने भएको छ ।
पहिला पहिला सरकारी कार्यालयहरुमा मात्र प्रयोग गरिने सिसीटिभि आजकाल सर्वसाधारणहरुले समेत आफना सम्पतिको सुरक्षाका लागि सिसीटिभि क्यामराको प्रयोग गर्न थालेका छन ।
पहिला पहिला अति विशिष्ट ब्यक्ति र संवेदनशिल ठुला घर घरानाहरुमा निगरानी राख्न सिसिटिभी क्यामराको प्रयोग गरिन्थ्यो तर आजभोलि चोरी डकैती, अपराधिक क्रियाकलाप नियन्त्रण लागी भन्दै प्रत्येक घर, सडक चोक र कार्यालयहरुमा समेत सिसिटिभी क्यामरा जडान गर्ने गरिन्छ ।
चाहे त्यो सानो मोबाइल पसल नै किन नहोस सुरक्षा सर्तकताका निम्ति सहज हुने भएकाले पनि सिसि क्यामरा तर्फको आकर्षण दिनहु बढ्दो छ ।
जिल्लामा दिनहुजसो उद्योग व्यवसाय गर्नेहरु, संघ संस्था, निजी बैंक तथा लघुवित संघ संस्था, निजि कम्पनी चलाउनेहरु आ आफना पसल, कार्यालय र कार्यालयय बाहिर भित्र सिसीटिभि क्यामरा जडान गर्नेहरुको संख्या बढदै गएको छ ।
त्यस्तै आफना घरको सुरक्षाका लागि समेत कतिपयले सिसीटिभि लगाउन थालेका छन ।
चोरी डकैती, अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसीटिभि क्यामराले निकै सहयोग पुरयाउने गरेकोले सम्भावित हुन सक्ने विभिन्न किसिमका घटना र गतिविधिलाई निगरानी गर्न सिसीटिभि प्रयोग गर्ने तर्फ सर्वसाधारणको आकर्षण बढेको पाइएको छ ।
सिसीटिभि क्यामरा जडान गरेपछि आफना पसलमा हुने गरेको चोरी डकैती जस्ता घटनामा कमी आएको गरुडा बजारमा अनु इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्नुभएका उपेन्द्र शर्माले बताउनुभएको छ ।
रौतहटको गौर, गरुडा, कटहरिया जिल्लाको प्रमुख ब्यापारिक केन्द्रको रुपमा रहेको छ । त्यसमा पनि अझ धार्मिक, जातियता, समुदाय लगायतका विभिन्न दृष्टिकोणले अझ बढि संवेदशील क्षेत्र पनि मानिन्छ ।
यहाँ दिनहुजसो जनसंख्याको चाप बढ्दो छ । जसका कारण ट्राफिक व्यवास्थापन, शान्ति सुरक्षा कायम राख्न र अपराधिक क्रियाकलापहरु नियन्त्रण गर्न भन्दै कटहरिया र गरुडाका बढि भिडभाड र अति बेस्त रहने चोक, सडकहरुमा अहिले एक दर्जनको हाराहारीमा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।
शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न प्रहरीले समेत यहाँ ठाउँ ठाउँमा सिसीटिभि क्यामरा जडान गरी निगरानी बढाएको छ ।
कटहरिया गरुडा जस्तो अन्य ठाउँहरुमा पनि अत्याधुनिक सिसिटिभी क्यामेरा जडान गरेर प्रहरीले निगरानी बढाउनु पर्ने स्थानीयको माग छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धि विक्रम साहका अनुसार क्यामेरा जडान भएपछि बजार क्षेत्रमा गुण्डागर्दी, चोरी, हुलदंगा लगायतका कुराहरुमा धेरै नै कमी आएको छ ।
सिसीटिभि क्यामराको निरानीबाट आपराधिक व्यक्तिहरुमा मनोवैज्ञानिक असर पुरयाई अपराध नियन्ण गर्न, विभिन्न किसिमको घटनाको अनुसन्धान कार्यमा सहयोग लिन, ट्र«ाफिक व्यवस्थापन सहज बनाउन, सडक नियम उल्लंघटनको कार्य निरुत्साहित गर्न तथा विशिष्ट व्यक्तिहरुको आवागमन एवं सुरक्षा व्यवस्था मिलाउने लगाएतका सुरक्षासँग सम्बन्धित कार्यका लागि सार्वजनिक स्थानहरुमा आम नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउने उद्देश्यले सिसीटिभि जडान गरिएको प्रहरी उपरीक्षक साहले बताउनुभयो ।
उता पछिल्लो समय जिल्लाको प्रत्येक शहर बजारका स्वंम उद्योगी व्यवासायि, साना ठुला संघ संस्थाहरुले समेत सिसीटिभि क्यामेराको प्रयोग बढाउन थालेका छन ।
त्यसैले विज्ञान र प्रविधिको युगमा सिसिटिभी क्यामराको सही सदुपयोग गर्न तर्फ सवैले ध्यान दिन पनि त्यतिकै जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here