सांकेतिक तस्विर

सिरहा ।। सिराहामा प्रेसर कुकर बम विस्फोट भएको छ ।सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ ।
सो विस्फोटमा परी ५ जना घाइते भएका छन् । घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी सुदिपराज भण्डारीले जानकारी दिए । उनी अहिले घटनास्थल तर्फ जाँदैछन् ।
लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा भएको सो प्रेसरकुकर बम विस्फोट गराउनेको पहिचान हुन बाँकी छ । घाइतेहरुको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहाल नेतृत्वको टोलीले उद्दार गरेको छ ।
घाइतेहरुको लहानमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन हेलिकोप्टर मगाइएको एसपी भण्डारीले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here