काठमाडाैं ।। विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ११ करोड नाघेको छ । गत २४ घन्टामा विश्वभर ३ लाख ९० हजार ६ सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । वर्ल्ड मिटरको तथ्याङ्क अनुसार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ११ करोड ४ लाख ४ लाख १८ हजार १ सय ६२ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थप ११ हजार २ सय ८९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख ३९ हजार ८ सय १४ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ८ करोड ५३ लाख १३ हजार ८१ जना स्वस्थ भएका छन् भने विश्वभर सक्रिय सङ्क्रमितको संख्या २ करोड २६ लाख ६४ हजार १ सय २४ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।