काठमाडाैं ।। अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीमा परी २३ जनाको मृत्यु भएको छ । हिजो आएको आँधीका कारण टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ । यस्तै आँधीका कारण कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ । यसको असर आइतबारसम्म रहने बताइएको छ । नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि यसको असर परेको छ । आँधीका कारण टेक्सास राज्यका लाखौं मानिस बिजुलीबाट बञ्चित भएका छन् । बिजुली नभएपछि मानिसहरूले कोठा तताउन पाएका छैनन् भने इन्टरनेट सेवा पनि बन्द भएको छ । तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ । चिसो मौसम र तीव्र हावाले अधिकारीहरूलाई मागअनुसार बिजुली आपूर्ति गर्न कठिनाइ भएको हो । हिमआँधीको असर छिमेकी मेक्सिकोमा पनि देखिएको छ । त्यहाँका विभिन्न राज्यहरूमा पनि विद्युत सेवा अवरूद्ध भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न निर्देशन दिनुभएको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार अहिले देशको ७३ प्रतिशत भाग हिउँले ढाकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here