काठमाडाैं ।। टोकियो ओलम्पिक २०२० का आयोजकले नयाँ प्रमुखको छनौट गर्न पाँचवटा मापदण्ड तय गरेको छ । टोकियो ओलम्पिक २०२० को नेतृत्व चयन समितिका अध्यक्ष फुजियो मिताराइको नेतृत्वमा गठित समितिले योशिरो मोरीका उत्तराधिकारीका लागि आवश्यक पर्ने पाँच आवश्यकतामा सहमति जनाएको हो । मोरीको महिलामाथि लैङ्गिक विभेद् हुने गरी आएको टिप्पणीपछि ओलम्पिक समितिको आलोचना हुँदै आएको छ । मोरीले गत हप्ता मात्रै पदबाट राजिनामा दिनुभएको छ । खेल आयोजकले विज्ञप्ति जारी गरी गर्दै नयाँ नेतृत्वमा ओलम्पिक खेलबारे गहिरो जानकारी, टोकियो २०२० खेलको सैद्धान्तिक पक्षको गहिरो ज्ञान भएको, खेलबारे विश्वव्यापी जानकारी रहेको तथा व्यवस्थापकीय कामका लागि क्षमतावान् तथा दक्षता नेतृत्व चयनका लागि पाँच मापदण्ड हुने र त्यो गुणले सम्पन्न व्यक्ति मोरीको उत्तराधिकारी चयन हुने बताएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।