काठमाडाैं ।। भारतको मध्यप्रदेशमा यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मध्यप्रदेशको सीधी जिल्लास्थित रामपुर नैकिन थानाक्षेत्र नजिकै यात्रुबाहक बस नहरमा खस्दा ५१ जनाको मृत्यु भएको हो । बस सीधी जिल्लाबाट सतना तर्फ जाँदै गरेको र बसमा ५५ जना यात्रु सवार रहेको बीबीसीले लेखेको छ । स्थानीय प्रशासनका अनुसार ४ जना अझै बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको छ । २२ फिट गहिरो नहरमा बस खस्दा क्रेनको मद्दतले बस निकालिएको प्रहरीले बताएको छ । दुर्घटनाको कारणबारे भने केहि खुलाइएको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बसमा क्षमताभन्दा बढी यात्रु सवार भएका कारण दुर्घटना भएको हुन सक्छ । यसैबीच मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामा परी मृत्यु भएकाहरुको परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । उहाँले दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति शोक व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने बताउनुभयो ।
भारतको मध्यप्रदेशमा यात्रुबाहक बस दुर्घटना हुँदा ५१ जनाको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।