काठमाडाैं ।। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले माघ २३ गते आयोजना गरेको सभामा २५/३० हजारभन्दा बढी नआएको दाबी गरेका छन् ।
ओली समूहले सो सभामा २ लाखभन्दा बढीको उपस्थिति रहेको बताउँदै आएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम परिषद् बैठकलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले कार्यकर्तालाई किन ल्याइनस् भनेर आरोप प्रत्यारोप गर्दै बसिरहेको आरोप लगाएका हुन् ।‘अस्ति पञ्चर्‍यालीमा स्याल हुइँय्या देखियो । मानिसहरू नआएपछि उनीहरू निराश भएर बसेका छन् । २५/३० हजार सहभागी भए । किन ल्याइनस् भन्दै गालीगलौज गरेर बसेका छन्,’ नेपालले भने ।
अध्यक्ष नेपालले नेकपाको आधिकारिक धार आफूहरू भएको र चुनाव चिह्न सूर्य पनि आफूहरूले नै पाउने जिकिर गरे । ‘नेकपाका ४ सय ४१ मध्ये ३ सय सदस्य हामीसँग छन् । हामी आधिकारिक नेकपा हौं । ओलीले नयाँ पार्टी खोल्न सक्छन् । नाम नेकपा ओली गुट खोले हुन्छ । अझ राम्रो नाम त ओली महासंघ बनाए हुन्छ,’ नेपालले भने, ‘सूर्य चिह्न कहाँ जान्छ भनेर चिन्ता नगरे हुन्छ । सूर्य चिह्न यहीँ आउँछ । यो मूल पार्टीलाई कसैले माइनस गरेर चुनाव गर्छु भन्ने नठाने हुन्छ ।’
नेता नेपालले आन्दोलनलाई प्रभावकारी बनाउने श्वेतपत्र जारी गर्नेबारे पनि सोचिरहेको बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here