काठमाडाै ।। भारत सरकार र आन्दोलनरत किसानका बीच सहमति हुन सकेन । डेढ महिनादेखि आन्दोलनरत किसान र सरकारबीच हिजो भएको आठौं चरणको वार्ता बिना निष्कर्ष सकिएपछि अर्को वार्ता जनवरी १५ मा हुने तय गरिएको छ । विज्ञान भवनमा भएको वार्तामा आन्दोलनरत किसानहरुले कानून फिर्ता लिनु पर्ने अडान कायम राख्दै फिर्ता नभए अदालतमा जाने बताएका थिए । अल इण्डिया किसान महासभाका महासचिव हन्नान मुल्लाहले कानून फिर्ता नलिसम्म आन्दोलन जारी रहने र २६ जनवरीमा ट्याक्टर परेड गरिने बताउनु भएको छ । भारतीय केन्द्रिय कृषि मन्त्री नरेन्द्र सिंह तोमरले भने तीनवटै कृषि कानूनको विषयमा किसान युनियनसँग छलफल भएको र जनवरी १५ को वार्ताबाट निष्कर्ष निस्कने आशा बढेको बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here