रौतहट ।। जनता समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवा संघले उखु किसानको आन्दोलनको समर्थनमा रौतहट जिल्लाको सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् ।
उखुको बकियौता रकम चिनी उद्योगका संचालकले नदिएको भन्दै किसानहरुले जारी राखेको आन्दोलनको थप उर्जा प्रदान गर्ने तथा भुक्तानीको लागि सरकार माथि दवाव सृजना गर्ने उदेश्यले युवा संघले विरोध प्रदर्शन गरेका हुन् ।
समाजवादी युवा संघ केन्द्रिय कार्य समितिको पुर्व घोषित कार्यक्रम अनुसार युवा संघका कार्यकर्ताहरुले देश भरिमा जिल्ला सदरमुकाममा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र समेत बुझाएका छन् ।
समाजवादी युवा संघ प्रदेश २ का सचिव कमलेश यादवको अगुवाई तथा जिल्ला अध्यक्ष कौशल खानको नेतृत्वमा युवाहरुले सरकारको विरुद्धमा चर्को नारावाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना समेत दिएको थियो ।
किसानको समस्या समाधान हुनु पर्ने ,चिनी मिलका संचालक माथि कार्यवाही गर्नु पर्ने , किसान मार्न पाइदैन ,उखुको बकियौता रकम भुक्तानी गर जस्ता नारा लगाउदै जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्नामा बसेका युवाहरुले धर्ना पछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ग्यपन्न पत्र बुझाएको प्रदेश सचिव कमलेश कुमार यादवले जानकारी दिएका छन् ।
मिहनेत गरि उत्पादन गरेका उखु किसानहरुले उद्योगलाइ दिएकोमा उद्योगीहरुले किसानको रकम अहिले सम्म भुक्तानी नगरेको र सरकारले किसान प्रति गम्भीर नभएको आरोप लगाउदै प्रदेश सचिव यादवले किसानहरुको आन्दोलन प्रति समाजवादी युवा संघको पूर्ण एक्यबद्धता रहेको जनाएका छन् ।
उखु किसानको आन्दोललाई समर्थन गर्दै युवा संघको प्रदर्शन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।