काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२२४५ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । यसका साथै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १६५१ पुगेको छ ।
नेपालमा हालसम्म सक्रिय संक्रमितहरुको जम्मा संख्या १२ हजार २४५ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here