मुम्बइ ।। बलिउड अभिनेता धर्मेन्द्र आफ्नो दुई पुस्ते नातीसंग फिल्म खेल्ने तयारीमा छन् । खबरका अनुसार धर्मेन्द्रले सन्नी देवलको छोरासंग ‘अपने २’ नामक चलचित्रमा खेल्ने बताईएको छ । निर्देशक अनिल शर्माले देओल परिवारलाई लिएर फिल्म ‘अपने २’ बनाउने घोषणा गरेका छन् । यसै फिल्ममा धर्मेन्द्रसँगै उनका दुई छोरा सनी देओल र बबी देओल तथा नाती करण देओलले अभिनय गर्नेछन् ।

कोरोनाकालमा फिल्मको शूटिंग हुने भएपनि धर्मेन्द्रले फिल्मकालागी शूटिंग जुन ठाउँमा भएपनि आफु जाने बताएका छन् । खबरका अनुसार फिल्मको पुरै टिम आवश्यक सावधानी अपनाएर सुटिङमा जानेछ । यसै विषयमा धर्मेन्द्र भन्छन्, ‘मानिसहरु बहादूर बन्न आवश्यक छ, मुर्ख होइन ।’ धर्मेन्द्रका अनुसार कलाकार त्यसै कलाकार बनेको हुँदैन । उनलाई कलाकार बनाउनमा उस्का फ्यानहरुको निकै ठूले हात हुन्छ । त्यसैले आफ्ना फ्यानहरुलाई खुशी बनाउने कलाकारको धर्म हो ।

फ्यानहरुलाई रमाईलो पन दिन र मनोरञ्जन गराउनकोलागी आफुले जस्तो सुकै परिस्थितिमा पनि शूटिंग गर्ने धर्मेन्द्रले बताएका छन् । उनी भन्छन्, ‘जबसम्म काम गर्न लायक रहन्छु, त्यतिबेलासम्म एक अभिनेताका रुपमा नयाँ–नयाँ भूमिकाको प्रयोगमा जुट्नेछुु ।’ कलाकार र कलाकारिताको सम्बन्धमा उनी अ्गाडी भन्छन्,‘कलाकारको उमेर कति भयो भन्ने कुराले अभिनयलाई केही फरक पार्दैन । केवल उसले आफुभित्रको जोशलाई अभिनयमा थाति राखिरहन आवश्यक हुन्छ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here